उपत्यकामा एकै दिन ४ हजार १९८ जना कोरोना संक्रमित थपिए

194

काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन ४ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ४ हजार १९८ संक्रमित थपिएका हुन्।

आइतबार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका ३  हजार १६१  छन्। यस्तै, ललितपुरमा ५३३ र भक्तपुर जिल्लामा ५०४ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here