काठमाडौं / ७२ औँ कान्स फिल्म फेस्टिभलामा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै नायिका प्रियंका कार्की कान्सको रेड कार्पेटमा प्रस्तुत भएकी छिन् ।
विश्वकै उत्कृष्ट कलाकारको सम्मानजनक उपस्थिति हुने गरेको कान्समा नेपालको पहिलो एम्बेसडर चुनिएकी प्रियंकाले कान्समा पुग्दा आफ्ना केही तस्वीरहरु इन्स्टाग्राममा राखेकी थिइन् ।
कान्स जस्तो ठूलो प्ल्याटफर्ममा पुग्दा पनि प्रियंकाले आफ्नो स्ट्याण्डर्ड कायम गर्न नसकेको गुनासो उनका प्रशंसकले गरेका छन् ।



















