पाँचथर- पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा ९ जनाको हत्या भएको घटनालगत्तै यहाँ अर्का युवक मृत भेटिएका छन्। फाल्गुनन्द गाउँपालिकाको घुर्बीसे पञ्चमी बजारमा ती युवक मृत फेला परेका हुन् ।
बाहिरबाट चाबी लगाइएको अबस्थामा कोठा भित्र करिब ३५ वर्षीय सुरेन लिम्बुको शव भेटिएको स्थानीयबासीले जनाएका छन् । लिम्बू दिउँसोदेखी हराइरहेका थिए।
दिउँसोबाट हराएका लिम्बूको खोजी गर्ने क्रममा बेलुकी ६:४५ बजे बन्द कोठामा शव भेटिएको फाल्गुनन्द गाउँपालिकाका योजना शाखा प्रमुख राजेन्द्र भट्टराईले जनाए।


















