पोष्टमार्टम पछि पाँचथर हत्याकाण्डका सबै शव गाउँ ल्याइयो, आजै अन्त्यष्टि गरिने तयारी

187

काठमाडौं  / पाँचथरको मिक्लाजोङ गाउँपालिकामा भएको सामुहिक हत्याकाण्डको घटनामा ज्यान गुमाएका नौ जनाको शव पोष्टमार्टमपछि गाउँ ल्याइएको छ । बिहीबार अन्त्येष्टी गरिने मिक्लाजोङ गाउँपालिका ३ का अध्यक्ष हस्तराज फियाकले जनाएका छन् ।

हत्या गरिएका दुई परिवार मध्ये बमबहादुर फियाकको परिवारका ४ जनाको अरुबोटेमा अन्त्यष्टी गरिने परिवारका सदस्यले जनाएका छन् । उनको परिवारमा उनकी श्रीमती पुर्षिमायाँ फियाक, मनकुमारी फियाक र आसे फियाकको हत्या भएको थियो ।

सोही घटनामा हत्या गरिएका धनराज शेर्माको परिवारका ५ जनाको भने मिक्लाजोङ २ को सराङाडा बतासे भन्ने स्थानमा अन्त्यष्टी गर्ने पारिवारीका सदस्यले जनाएका छन् । सराङडाडा शेर्माको पुर्खेउली घर हो । शेर्मा परिवारमा उनकी श्रीमती सस्मिता शेर्मा छोरीहरु युहाना शेर्मा, मुना शेर्मा र इक्सा शेर्माको हत्या भएको थियो । घटनामा घाइते सिता खजुमको उपचार झापामा भइरहेको छ ।

संलग्न भनिएका फियाक परिवारका कान्छा ज्वाइ मानबहादुर माखिमको शव मंगलबार अपरान्ह झुण्डिएको अवस्थामा फेला परेको थियो । उनलको शव भने परिवारलाई दिइएको छैन । अनुसन्धान बाँकी रहेका कारण उनको शव परिवारलाई नदिएको हुनसक्ने अनुमान गरिएको छ । परिवारका सवै सदस्यको हत्या गरेर उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । पोष्टमार्टमको रिपोर्ट आउन अझै दुई दिन लाग्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here