मिडिया काउन्सिल विधेयकप्रति वामदेवको गम्भीर ध्यानाकर्षण

76

काठमाडौं– नेकपाका नेता वामदेव गौतमले सरकार ल्याएको मिडिया काउन्सिल विधेयकलाई सच्याउनैपर्ने भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

नेकपाका सचिवालय सदस्यसमेत रहेका गौतमले आज बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकार मन्त्रिपरिषबाट पारित भई राष्ट्रियसभा सचिवालयमा दर्तासमेत गराइएको मिडिया काउन्सिलसम्बन्धी विधेयकका कतिपय विवादास्पद प्रावधानप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

गौतमले उक्त विधेयकका केही प्रावधान नेपालको संविधानको अक्षर र भावनाअनुरूप बनाउनुपर्ने आवश्यकता रहेको भन्दै सरकार, राजनीतिक पार्टी र प्रेस सबै मर्यादित र अनुशासित बन्न पनि सुझाव दिएका छन्। तर, समाचार लेखेकै आधारमा पत्रकारलाई १० लाख रुपैयाँसम्म जरिवाना गर्नेजस्ता कठोर प्रावधान उचित नहरेको उनले धारणा व्यक्त गरे। स्वतन्त्र प्रेस र व्यावसायिक पत्रकारिता लोकतन्त्रका खम्बा हुन् भन्दै गौतमले बोल्न नसक्नेहरूका प्रतिनिधि तथा समाजका पहरेदार र ऐना पनि स्वतन्त्र पत्रकार रहेको गौतमको विज्ञप्तिमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here