काठमाडौं / नेपाललाई विदेशी शक्ति केन्द्रहरूले शक्ति प्रदर्शनको केन्द्रविन्दु बनाउने अभ्यास थालेका छन् । शक्ति केन्द्रहरूले नेपाललाई विखण्डित गराउने चलखेलसंगै धार्मिक र जातीय द्धन्द प्रवेश गराएर हतियार सप्लाई गर्ने योजना एकातिर गरिरहेका छन् भने राजनीतिक हिंसा भड्काउने प्रयास पनि भइरहेको छ ।
यसैको उदाहरणका रूपमा विप्लव नेतृत्वको नेकपालाई राजनीतिक गतिविधिमै निषेध गरिएको छ भने सरकारबाटै गोली चलाएर निहत्था जनतालाई मार्ने क्रम पनि सुरु भएको छ । गण्डकी प्रदेशको पोखरामा विदेशी सेनाहरूको संयुक्त सैन्य अभियास चलिरहेको छ । सत्तासीन नेकपाका सांसद एवम् प्रमुख सचेतक देव गुरुङ्ले विपत व्यवस्थापनको नाममा शक्ति राष्ट्रका सेना ल्याएर संयुक्त रूपमा सैन्य अभ्यास गरिएको विषयमा आपत्ति जनाएका छन् । -जनधारणा साप्ताहिक

















