नेता खनालले भने, द्वन्द्वकालीन न्याय सम्पादनको कामलाई छिटो सम्पन्न गर्नुपर्छ

98

काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रिय सहमतिका साथ द्वन्द्वकालीन न्याय सम्पादनको कामलाई सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

द्वन्द्वपीडित साझा चौतारीले आइतबार काठमाण्डौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरूपण तथा मेलमिलाप आयोगको पदाधिकारी छनोट सिफारिश समितिलाई सरकारको प्रभावमा नपरी दुवै समितिको पदाधिकारी सिफारिस गर्न पनि गम्भीर ध्यानाकर्षण गराए ।

वरिष्ठ नेता खनालले सर्वोच्च अदालतले विगतमा दिएको फैसला र द्वन्द्वपीडितहरूको सुझावलाई मुख्य आधार बनाएर द्वन्द्वकालीन न्याय सम्पादनको काममा तीव्रता दिन पनि सरकारसँग आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here