चितवन । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो पटक र्निवाचित भएकी रेनु दाहालले सरकारी स्वास्थ्य संस्था वा अस्पतालमा जन्मिएका बालिकाहरूको जीवन बीमा गरिदिने निर्णय गरेकी छन् ।
उनले सरकारी अस्पताल वा संस्थामा जन्मिएका बालिकाहरूले १५ वर्षपछि पाउने गरी एक लाख बराबरको जीवन बीमा गरिदिने निर्णय गरेकी हुन् । त्यस्तै उनले महानगरपालिका भित्रका स्थानीयको लागि सात हजार लिटरसम्म खानेपानीको महसुल तिरिदिने दोस्रो निर्णय गरेकी छन् । खानेपानी सेवाबाट करिब ५२ प्रतिशत जनता लाभान्वित हुने बताइएको छ ।


















