प्रेम सम्बन्धमा बाधिएपछि गर्न नहुने ५ गल्ती

234

एजेन्सी / आजकल दिनानुदिन मानिसहरुमा सामाजिक सञ्जालको प्रभाव बढ्दै गइरहेको छ । सामाजिक सञ्जालको अत्याधिक प्रयोगका कारण मानिसहरु आफ्नो धेरैजस्तो समय विभिन्न किसिमका पोस्ट शेयर गर्नमा नै व्यस्त रहन्छन् ।

मानिसहरु सामाजिक सञ्जालको प्रयोग व्यवसायिक प्रयोजनको लागि मात्र होइन आफ्नो व्यक्तिगत विषयहरु पनि सामाजिक सञ्जालमा शेयर गरिरहेका हुन्छन् । आफ्ना व्यक्तिगत जीवनसँग सम्बन्धीत र सम्बन्धसँग जोडिएका विविध कुराहरु सामाजिक सञ्जालमा शेयर गर्नु कत्तिको उचित हुन्छ त ? यस बारेमा समयमै सोच्नु आवश्यक छ ।

व्यक्तिगत जीवनसँग सम्बन्धीत कुराहरु सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्दा यसले मानिसको जीवनमा पार्ने प्रभाव निकै नराम्रो हुन सक्छ । के सही वा के गलत हो त्यसलाई पहिचान गरेर मात्रै सामाजिक सञ्जालमा शेयर गर्न आवश्यक छ ।

सम्बन्ध र व्यक्तिगत जीवनसँग मेल खाने के–के कुरा सामाजिक सञ्जालमा शेयर गर्नुहुँदैन ?

झै–झगडा : सामान्य वादविवाद वा झगडा हरेक सम्बन्धमा हुन्छ र यसलाई सामान्य नै मानिन्छ । तर त्यही झगडाको विषयमा सामाजिक सञ्जालमा लेख्नु वा देखाउनु एकदमै गलत मानिएको छ । यसले झन आपसी सम्बन्धमा झगडा निम्त्याउँछ । यस  कारण तपाईंको आफ्नो मान्छेको आत्मसम्मानमा चोट पुग्न सक्छ । भने, अन्य मानिसको अगाडि उसको छवि नराम्रो हुन सक्छ । त्यसैले यस्ता कुरा सामाजिक सञ्जालमा पोस्ट गर्नुभन्दा कुनै मिल्ने मान्छेसँग मनका भावना प्रकट गर्नु पर्छ ।

महंगो उपहार : तपाईंको आफ्नो मान्छेले तपाईंलाई दिएको उपहारको बारेमा सामाजिक सञ्जालमा देखाउनु गलत हो । उपहारहरु सामाजिक सञ्जालमा शेयर गर्दा पार्टनरको साथ साथै अरुको नजरमा नराम्रो भावना पैदा हुनसक्छ ।

व्यक्तिगत फोटो : आफ्नो मान्छेसँग लिएका व्यक्तिगत तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदैन । यसले विभिन्न समस्या पैदा गर्न सक्छन् ।

घुम्न जाने ठाउँको जानकारी : यदि तपाईं छुट्टिमा कतै घुम्न जाँदै हुनुहुन्छ भने त्यो कुरा सामाजिक सञ्जालमा नदेखाउनु
होस् ।

सम्बन्ध विच्छेद : यदि तपाईंको आफ्नो मान्छेसँग सम्बन्ध विच्छेद भएको छ भने त्यसलाई सामाजिक सञ्जालमा पोस्ट् नगर्नुहोस् । यसले तपाईंलाई मानिसले हेर्ने दृष्टिकोण नराम्रो हुनसक्छ । र पछि पुन सम्बन्धमा सुधार आउने सम्भावना पनि कम हुँदै जान्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here