काठमाडौं / सामाखुशी साहित्य समाजको विविध साहित्यिक कार्यक्रमको ९९ औं श्रृंखला २०७६ जेष्ठ ११ गते शनिबार सामाखुशी स्थित लिङ्कन कलेजमा सम्पन्न भयो ।
कार्यक्रममा मदनराज थापा, लव गाउँले, तारा के.सी., शैलेन्द्रकुमार शाह, गङ्गा आचार्य, अरुण नदी खत्री, डा. रामप्रसाद ज्ञवाली, चन्द्रबदना घिमिरे, सुर्यबदना घिमिरे, दुर्गा किरण तिवारी, श्रीहरि फुयाल, महादेव अधिकारी, द्वारिका कुईकेल, सीता बिष्ट कार्की, चन्द्रकला आचार्य, शिवप्रसाद आचार्य, मेघराज ढकाल, बद्रि उप्रेती, उर्मिला पन्त पाण्डेय, उत्तम बिचार, त्रिभुवनचन्द्र वाग्ले, राजेन्द्र घिमिरे सागर, लव खड्का, बासुदेव गुरागाई, निर्मलमणि पराजुली, भिमराज ढकाल लगायत विभिन्न ४० जना कवि एवं कवयत्रीहरुले कविता सुनाएका थिए । कार्यक्रम मोहन दुवालको प्रमुख अतिथ्यमा र समाजका अध्यक्ष भाग्यशाली अधिकारीको सभापतित्वमा सम्पन्न भयो ।


















