काठमाडौं- सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष प्रेमसिंह तामाङ सिक्किमको छैठौं मुख्यमन्त्री बनेका छन्। उनले आज बिहान १० बजे राज्यपाल गंगाप्रसादबाट शपथ लिएका हुन्।
हालै सम्पन्न विधानसभा चुनावमा तामाङ नेतृत्वको मोर्चाले १७ सिट ल्याएको थियो। सन् २०१३ स्थापना भएको मोर्चाले विधानसभाको ३२ सिटमध्ये बहुमत ल्याउँदै मोर्चाले पवनकुमार चाम्लिङको २५ वर्षे शासनकाल पल्टाएको थियो।
चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट यस पटक १५ सिटमा सीमित भएको छ।
चुनावमा भाग नलिएका तामाङ मुख्यमन्त्री भएका हुन्। भारतको संविधानमा विधानसभा सदस्य नभएका व्यक्ति मुख्यमन्त्री हुन पाउने व्यवस्था छ। तर, उनी ६ महिनाभित्र विधानसभा सदस्य भइसक्नुपर्नेछ।


















