हिमाल दोलखा हाइड्रोपावरको साधारण शेयर निश्कासन

175

काठमाडौं / हिमाल दोलखा हाइड्रोपावर कम्पनीले स्थानीय बासिन्दाका लागि मंगलबारदेखि साधारण शेयर (आइपिओ) निश्कासन गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६ लाख कित्ता आइपीओ आयोजना प्रभावित क्षेत्रका लागि बिक्री खुला गरेको हो । आइपिओ छिटोमा जेठ २८ गते र ढिलोमा असार १३ गतेसम्म विक्री रहनेछ । आयोजनाको अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडा नं ९, १० र माई नगरपालिका वडा नं ९ का बासिन्दा तथा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानिय बासिन्दाले यस आइपीओमा आवेदन दिन सक्नेछन् । हिमाल दोलखाले जारी गरेको यो आइपीओमा छिटोमा जेठ २८ गतेसम्म आवेदन दिन सकिन्छ ।

हिमाल दोलखाले हाल जारी पुँजी १ अर्ब ६० करोड रुपैयाँको १० प्रतिशत शेयर स्थानीयका लागि जारी गरेको हो । जसमा सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।

आवेदन यसरी दिने

यस आइपीओमा लगानीकर्ताले लक्ष्मी बैंक (चोक बजार–इलाम), एभरेष्ट बैंक (फिक्कल–इलाम), सिद्धार्थ बैंक (इलाम), सेन्चुरी बैंक (भानुपथ–इलाम), ग्लोबल आइएमई बैंक (फिक्कल–इलाम), माछापुच्छ्रे बैंक (इलाम), एसबीआई बैंक (इलाम) र आयोजना स्थल इलाम नगरपालिका वडा नं ९ र १० बाट आवेदन दिन सकिन्छ । साथै, सी–आस्वा सेवा प्रप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here