मुलुकमाथि साढे १० खर्ब ऋण, प्रत्येक नेपालीको टाउकोमा ३३ हजार १७४ ऋण

241

काठमाडौं- मुलुक करिब साढे १० खर्ब ऋणमा परेको छ। सोमबार सार्वजनिक आथिएक सर्वेक्षणअनुसार डलर महँगिनु र वैदेशिक ऋण बढ्नुलगायत कारणले नेपालको ऋण्भार चुलिएको हो।

‘२०७५ फागुनसम्म भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण नौ खर्ब ७८ अर्ब ४५ करोड रुपैयाँ छ’, सवेक्षणले भनेको छ। सरकारले अब उठाउने पक्कापक्की भइसकेको आन्तरिक ऋणको ८६ अर्ब रुपैयाँ जोड्ने हो भने १० खर्ब ६४ अर्ब रुपैयाँले मुलुक ऋणमा परेको देखिन्छ।

‘फागुनसम्म प्रतिव्यक्ति ऋण ३३ हजार एक सय ७४ रुपैयाँ छ’, सर्वेक्षणमा उल्लेख छ। त्यसलाई हालको जनसंख्या दुई करोड ९५ लाख पाँच सयले भाग गर्दा एक नेपालीमा ऋणको हिस्सा ३३ हजार रुपैयाँभन्दा बढी देखिएको हो।

अघिल्लो वर्ष प्रत्येक नेपालीको टाउकोमा ३१ हजार चार सय ९३ रुपैयाँ ऋण थियो। अब उठाउने ऋणलाई समेत जोड्दा ३६ हजार रुपैयाँ पुग्छ। पुँजीगत खर्च कम भएका कारण स्रोत अभाव नभएर यो पटक सरकारले आर्थिक वर्षको अन्तिममा आन्तरिक ऋण उठाउने भएको हो। केही दिनभित्रै आन्तरिक रुण उठिसक्ने राष्ट्र बैंकले जनाएको छ। कान्तिपुर दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here