प्रधानमन्त्री ओलीलाई लोकतन्त्रका लागि उच्च योगदान गरेको भन्दै ‘डाक्टर’ उपाधी प्रदान

238

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयले डाक्टरको उपाधी पाएका छन् । यसअघि पनि डाक्टरको उपाधी पाएका प्रधानमन्त्री ओलीको यो दोश्रो डाक्टरको उपाधी हो ।

बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर विश्विद्यालयलका प्रेसिडेन्ट डा. शिनिल युनले प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्रका लागि उच्च योगदान गरेको भन्दै विश्वविद्यालयले सो उपाधि प्रदान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उपाधि ग्रहणपछि बोल्दै प्रधानमन्त्री ओलीले आफूले पाएको मानार्थ विद्यावारिधि कोरियाले सम्पूर्ण नेपालीलाई गरेको सम्मानका रुपमा लिएको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here