संविधान संशोधन प्रयास असफल हुने संकेत

180

दुईतिहाइ पु¥याउन भारतीय दूतावासको आश्चर्यजनक चलखेल
काठमाडौं÷ नेपाल सरकारले यही मंसिर १४ गते ५ नम्बर प्रदेशबाट पहाडका जिल्लाहरू छुट्याउनेसहित भाषा, नागरिकतालगायतका सात वटा विषयमा संविधान संशोधन गर्ने प्रस्ताव संसद्मा दर्ता गरेसँगै त्यसको विरोधमा मुलुक आन्दोलनमय बनिरहेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका विभिन्न दलहरूले संविधान संशोधनको विरोधमा देशभर आन्दोलन गरिरहेका छन् भने सीमांकन हेरफेरप्रति तीव्र असन्तुष्टि जनाउँदै ५ नम्बर प्रदेशमा रहेका जिल्लाहरू गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, रूपन्देही तथा नवलपरासीलगायत जिल्लाहरूमा आन्दोलन चर्किरहेको छ । सीमांकनका विषयमा सबै राजनीतिक दलका स्थानीय जनप्रतिनिधिदेखि कतिपय दलका शीर्ष नेताहरूले समेत यसको चर्काे विरोध गरिरहेका छन् । सीमांकनलगायतका विषयमा असन्तुष्टि जनाउँदै आइरहेका तराई केन्द्रित दलहरूका माग सम्बोधन गर्न भन्दै माओवादी केन्द्र तथा नेपाली कांग्रेसको संयुक्त सरकारले यस्तो प्रस्ताव ल्याए पनि संशोधनप्रति तराई केन्द्रित दलहरू समेत सन्तुष्ट भइरहेका छैनन् ।
सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गरेसँगै चौतर्फी रूपमा उक्त प्रस्तावको विरोध भइरहेका बेला भारतीय विदेश मन्त्रालयको प्रतिक्रिया तथा नेपालस्थित भारतीय दूतावासको चलखेल भने आश्चर्यजनक देखिएको छ । संविधान संशोधनजस्तो नेपालको आन्तरिक मामिलामा सरकारले दर्ता गरेको प्रस्तावका विषयमा भारतीय दूतावासका प्रवक्ता विकास स्वरूपले यसलाई महत्वपूर्ण कदम भनेका छन् । प्रवक्ताले नेपालको संविधान संशोधन प्रस्तावका बारेमा दिएको अभिव्यक्तिमा भारतले नेपालमा शान्ति, स्थायित्व र समृद्धि चाहन्छ भनेका छन् जबकि उनले जुन प्रस्तावले नेपाल अशान्त र अस्थिर बनिरहेको छ, त्यसलाई महत्वपूर्ण कदम भन्दै स्वागत गरेका छन् । यसले भारतको दोहोरो भूमिकालाई प्रष्ट पारेको मात्र नभई संशोधन प्रस्ताव भारतको स्वार्थमा छ भन्ने पनि स्पष्ट गरेको छ ।
सरकारले दर्ता गरेको संविधान संशोधनको प्रस्तावप्रति आन्दोलनरत मधेशवादी दलका नेताहरू नै असन्तुष्टि बनिरहेका बेला नेपालस्थित भारतीय राजदूत रञ्जित रेले मधेशवादी दलका नेताहरूलाई दूतावासमा लन्चसहितको भेला डाकेर प्रस्तावलाई स्वीकार गर्न दबाब दिएको समाचार समेत बाहिर आयो । एकातर्फ सम्बन्धित क्षेत्रका बासिन्दाहरूको तीव्र असन्तुष्टि र अर्काेतर्फ जसका लागि भनेर सविधान संशोधन प्रस्ताव दर्ता गरिएको छ, ती दुवै पक्षको असन्तुष्टिका बीच भारतीय राजदूतको सक्रियता आश्चर्यजनक ढंगले बढिरहेको छ । कुनै पनि पक्षको सहमति नै नरहेको संशोधन प्रस्ताव स्वीकार गराउन भारतीय राजदूतले दबाब दिनुले उक्त प्रस्ताव भारतीय स्वार्थमा आएको होइन भन्ने आधार अब सत्तापक्षका अगाडि छैन । मधेशवादी दलका नेताहरूलाई संविधान संशोधन प्रस्ताव स्वीकार गर्न दबाब दिइरहेका भारतीय राजदूत रेले संशोधन प्रस्ताव असफल हुन सक्ने अवस्था आएको भन्दै प्रस्तावको पक्षमा दुई तिहाइ पु¥याउन आफ्नो कसरत जारी राखेका छन् । रेले प्रमुख प्रतिपक्षी दलका नेता तथा सांसद्हरू प्रस्तावको विरुद्ध उभिएकाहरूलाई समेत नियमित रूपमा भेट गरिरहेको पाइएको छ । उक्त प्रस्ताव पारित नहुने अवस्था सिर्जना हुन थालेपछि राजदूत रेले सत्तारुढ दलका प्रमुख नेताहरूलाई प्रस्तावका पक्षमा वातावरण बन्दै गरेको भन्दै आश्वस्त पारिरहेको र प्रतिपक्षी दलका नेताहरूलाई समेत भेटेर प्रस्तावको पक्षमा मतदान गर्न दबाब दिइरहेको विश्वस्त सूत्रले जानकारी गराएको छ ।
प्रस्तावको पक्षमा मतदान गर्ने अपेक्षा गरिएको राजनीतिक पार्टीसमेत प्रस्तावको विपक्षमा उभिने अडान स्पष्ट गरेको छ । हालै एकीकरण भएको राप्रपाले प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेपछि भारतीय राजदूतको सक्रियता थप बढेको पाइएको छ । उच्च स्रोतका अनुसार राजदूत रेले संविधान संशोधनको पक्षमा दुईतिहाइ पु¥याउनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई समेत विभाजन गराउने प्रयास गरिरहेका छन् । सामान्य अवस्थामा प्रस्ताव फेल हुने अवस्था देखिएपछि रेले प्रमुख प्रतिपक्षीलाई फुटाएर भए पनि प्रस्तावका पक्षमा दुईतिहाइ पु¥याउने रणनीति अपनाइरहेको स्रोतले जनाएको छ । उक्त योजना सफल बनाउनका लागि भारतीय गुप्तचर संस्था ‘रअ’का पूर्वप्रमुखसहित बहालवाला उच्चअधिकारीहरू काठमाडौंमा डेरा जमाएर सक्रिय भइरहेको र उनीहरूले समेत विभिन्न दलका शीर्ष नेताहरूलाई भेटेर प्रस्तावको पक्षमा वातावरण बनाउन दबाब दिइरहेको भरपर्दाे सूचना जनधारणालाई प्राप्त भएको छ । यसअघि नेपालको हितविपरीत भारतसँग भएको महाकाली सन्धिका बेलामा समेत एमालेको एउटा पंक्तिले त्यसको विपक्षमा उभिने निर्णय गरेपछि पार्टी फुटाएरै महाकाली सन्धिको पक्षमा समर्थन गराइएको थियो । महाकाली सन्धिको विपक्षमा उभिने वामदेव गौतम, सीपी मैनाली, आरके मैनालीलगायत नेताहरूले पार्टी फुटाएर नेकपा माले गठन गरेका थिए । त्यस्तै, घटना एमालेभित्र फेरि दोहोरिएमा आश्चर्य नमाने हुने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here