बेलायतमा फाइभजी नेटवर्क लन्च

171

एजेन्सी / बेलायतमा पछिल्लो पुस्ताको फाइभजी नेवटर्क पहिलोपटक लन्च भएको छ। फाइभजी नेवटर्क तिव्र गतिको इन्टरनेट सेवा हो। हाललाई वेलायतको बेलफास्ट, बर्मिङघाम, कार्डिफ, इडेनबरा, लन्डन र म्यानचेस्टर शहरमा यस सेवा उपलब्ध गराइएको छ।

बेलायतको मोबाइल नेटवर्क कम्पनी इइले वेलायतमा फाइभजी सेवा संचालनमा ल्याएको हो। प्रतिमहिना ५४ पाउन्ड तिरेर यस सेवा लिन सकिने जनाइएको छ। यसअघि दक्षिण कोरियाले फाइभजी सेवा लन्च गरेको थियो। यस नेटवर्कमार्फत मानिसले एक सेकेन्डमै चलचित्रहरु डाउनलोड गर्न सक्नेछन्। यसमा लाइभस्ट्रिमिङ फिचरहरु हुनेछन्। फाइभजीमाफर्त इन्टरनेट तिव्र गतिमा चल्ने भएपछि यसले अनलाईन व्यापारमा ठूलो सुविधा पुग्ने जनाइएको छ।

हाल चीन, अमेरिका, रुसजस्ता बलिया राष्ट्रहरु यस प्रविधिको विकास गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here