मंत्री बिना मगरका पूर्वपतिमाथि विप्लवद्वारा कार्वाही

244

काठमाडौं- विप्लव नेकपाको नारायणी व्युरोले गिरफ्तारपछि जेल परेर आत्मसमर्पण गरेको भन्दैं दुईजनालाई कार्वाही गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीले रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारी र नारायणी ब्यूरो सदस्य देव घिमिरे ‘रमण’लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको हो । अधिकारी मन्त्री विना मगरकी पूर्व पतिसमेत हुन् ।

मंगलबार साँझ एक प्रेस विज्ञप्ति जारी गरी नेकपाको नारायणी व्युरो इन्चार्ज मिलनले अधिकारी र घिमिरेले पार्टी नीति विपरीत कार्य गरेको भन्दै कारवाही गरेको जनाएका छन् ।

दुवै जनाले पार्टीलाई नै गम्भीर आँच आउने किसिमको हर्कत गरेकाले कारवाही गरेको जारी विज्ञप्तिमा जनाइएको छ । यसअघि पनि दुवै जनालाई पार्टी हितविरुद्ध कार्य गरेको ठहर गर्दै रुपान्तरणका लागि आवश्यक कारवाहीसहितको कदम चालेको अवस्थाबीच पुनः गलत कार्य गरेको पाइएपछि यसपटक साधारण सदस्य नै नरहने गरी कारवाही गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

काभ्रेको रोशी गाउँपालिकास्थित खानीखोलाबाट चैत ८ गते गिरफ्तार भई हालै मात्र ललितपुर जिल्ला अदालतको आदेशमा साधारण तारेखमा रिहा भएका थिए । त्यसबेला नेकपाको मध्यकेन्द्रीय कमाण्ड इन्चार्ज सुदर्शनसहित ९ जनालाई प्रहरीले रातको समयमा गिरफ्तार गरेको थियो । तीमध्ये सुदर्शनसहित ४ जना पूर्पक्षकालागि नख्खु कारागारमा राखिएका छन् ।

 जारी विज्ञप्ति-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here