फेसबुकमार्फत पत्रकारलाई गालीगलोजको आरोपमा ज्ञानेन्द्र शाही पक्राउ

219

सुर्खेत / पत्रकारलाई गालीगलोज गरेको आरोपमा जिल्ला प्रहरीले ३२ वर्षीय ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) लाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत गत वैशाख १८ गते पत्रकारलाई तल्लोस्तरमा गाली गरी उनीहरूको इज्जतमा खलल पुर्‍याएको आरोपमा उजुरी परेकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। उनका अनुसार शाहीलाई कानूनबमोजिम कारवाही गर्न नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दुर्गा थापा र प्रदेश कमिटी अध्यक्ष गणेशकञ्चन भारतीले जिल्ला प्रहरी कार्यालयमार्फत काठमाडौंस्थित महानगरीय प्रहरी परिसरमा लिखित जाहेरी दिएका थिए। सोहीबमोजिम शाहीविरुद्ध विद्युतीय अपराधअन्तर्गत मुद्दा दर्ता भई अदालतबाट पक्राउ आदेश जारी भएकाले उनलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिनु भयो । शाहीलाई समात्न खोज्दा अवरोध पुर्‍याउने दुई महिला र छ पुरुषलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ। उक्त घटनामा प्रहरी निरीक्षक निरञ्जन घिमिरे, प्रहरी हवल्दार प्रकाश बुढा, प्रहरी जवान जीतबहादुर बोहोरा, हस्त सिंह, रामसागर वर्मा र पवन सुवेदी घाइते भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here