काठमाडौं / गैर न्यायीक सडक विस्तारको विरुद्ध आन्दोलनरत उपत्यकाब्यापी सडक विस्तार पीडित संघर्ष समितिद्धारा आज विहिवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापन पत्र बुझाएको छ ।
उपत्यकाका विभिन्न स्थानका गैरन्यायीक सडक विस्तार पीडितहरु सहभागी भई सो ज्ञापन पत्र बुझाएको हो । उपत्यकाका आदिवासी नेवाः समुदायले आफ्नो परम्परागत पोसाकमा समेत सो प्रदर्शनीमा सहभागी भएका थिए ।
उपत्यका विकास प्राधिकरणका आयुक्त र तत्कालिन सडक डिभिजनका प्रमुख विरुद्धको अख्तियारमा रहेका उजुरीहरू उपर कारवाही प्रक्रिया अगाडी बढाउन माग गर्दै सो ज्ञापन पत्र बुझाएको थियो । राजधानीको नारायण चौर नक्शालमा भेला भई सडक विस्तार पीडितहरु अख्तियारको कार्यालयमा पुगी ज्ञापन पत्र बुझाएको हो । सर्वोच्च अलादलते गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने माग गर्दै उपत्यकाब्यापी सडक विस्तार पीडित संघर्ष समितिले आन्दोलन जारी राखेका छन् ।
सर्वोच्च अदालतले सडक विस्तारका लागि जनताको जग्गा लिने अवस्थामा मुआब्जा, क्षतिपूर्ति दिनुपर्ने, सम्पदानलाई केन्द्रविन्दु बनाउनुपर्ने लगायतका कुरा उल्लेख गरि फैसला गरेको थियो भने सोहि फैसलालाई कार्यान्वयन गनुपर्ने माग गर्दै उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले विभिन्न कार्यक्रम गर्दै आएका छन् ।


















