केपीजीले मलाई अध्यक्ष बनाउँदैमा पाँच वर्ष प्रधानमन्त्री हुने भन्ने हुँदैनः प्रचण्ड

207

काठमाडौ, नेकपामा पार्टी एकीकरणको काम पुरा नहुँदै सत्ताको विषयलाई लिएर विवाद हुने संकेत देखिएको छ । नेकपाका एक जना अध्यक्ष पुष्पकमल दाहालले हालै पत्रकार ऋषि धमलालाई दिएको अन्तर्वार्तामा दाहालले यस्तो संकेत गरेका हुन् । दाहालले ओली र आफूबीचमा साढे दुई वर्षपछि सत्ता हस्तान्तरणको सहमति भएको भन्दै त्यो सहमति कार्यात्वयन हुने विश्वास व्यक्त गरेका छन् । उनले अन्तवार्ताका क्रममा भनेका छन्, एकतादेखि अहिलेसम्म कहीँ हाम्रा कमीकमजोरी छन् भने समीक्षा गर्ने र सच्याउने तर्फ बल गर्नुपर्छ भन्नेतर्फ गैराखेका छौं। त्यसकारण भोलि (साढे दुई वर्षमा) छाड्नुहुन्न ९प्रधानमन्त्री० भन्ने म कल्पना गर्न चाहन्नँ। यो विषय जे हामीले समझदारी गरेका छौं। त्यो समझदारी अनुसार जान्छ भन्ने विश्वासका साथ काम गर्ने भन्ने छ मेरो। यसरी नै बुझ्नुहोला। योभन्दा बढी यसमा नसोध्दा ठीक हुन्छ। दाहालले अगाडी भनेका छन्, केपीजीले एकता महाधिवेशनमा मलाई अध्यक्ष बनाउँदैमा उहाँ पाँच वर्ष प्रधानमन्त्री हुने भन्ने हुँदैन। मुख्य कुरा जनताले चाहेजस्तो सुशासन र विकासलाइ पनि गति दिइयो र एकता अधिवेशनमा सबैकुरा सहमतिमा गयो भने केपीजी पाँचै वर्ष प्रधानमन्त्री हुन सक्नुहुन्छ। त्यही हो। प्रचण्डको यो अभिव्यक्तिले बहुमतको सरकार स्थायी हुन्छ भनेर अपेक्षा गरेकाहरुमा पुन अस्थिरताको बीउ रोपिन सक्ने आशंका उत्पन्न भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here