हुवावे स्मार्टफोन: गुगल र अरु फङ्सन नचल्ने समाचारले घटे ग्राहक

420

काठमाडौं- गुगलले विश्वकै सबैभन्दा दोस्रो ठूलो स्मार्टफोन निर्माण कम्पनी हुवावेको एन्ड्रोइड अपरेटिङ सिस्टमका अपडेट रोक्ने निर्णय गरेसँगै त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको छ ।

अमेरिकी नीतिसँगै नेपालमा हुवावे स्मार्टफोनको कारोबार निकै खस्किएको छ । बजारमा उपलब्ध हुवावेका सबै मोडेलको माग घटेपछि ग्राहकले अन्य विकल्प खोज्न थालेको व्यवसायी जनाउँछन् । ‘हामी जवरजस्ती गर्न सक्दैनौँ, ग्राहकले रुचाएका ब्रान्ड बेच्ने हो, काठमाडौंस्थित न्यूरोडको पाकोस्थित के एण्ड के मोवाइल हवका सञ्चालक कैलाश कँडेलले भने–‘गुगल र अरु फङ्सन चल्दैन भन्ने समाचार आएपछि अहिले हुवावेको डिमान्ड छैन ।’

सो कम्पनीका ‘पी ३० प्रो’, ‘पी ३०’ र ‘पी ३० लाइट’ पछिल्ला मोडल हुन् । यी तीन मोडेलमध्ये सबैभन्दा बढी रुचाइएको पी ३० प्रो हो । डेढ साता अघिसम्म राम्रो माग रहेको हुवावेको ‘पी ३० प्रो’ मोडेल हिजो–आज ग्राहकले सोध्ने गरेपनि बिक्री हुन छोडेको उनले जनाए । सामान्य मोवाइलसेटको तुलनामा ५० गुणा बढी जुमलेन्स क्यामेरा भएकाले सो मोडेल निकै रुचाइएको थियो । नेपाल समाचारपत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here