गर्मीमा लस्सी पिउनु फाइदाजनक

572

देशैभरको मौसम हेर्ने हो भने राजधानि बाहेक अन्य क्षेत्रमा दिनदिनै गर्मी बढ्दै गइरहेको छ । गर्मीमा शरिरलाई चिसो प्रदान गर्ने खाद्यपदार्थ सेवन गर्न मानिसहरु अनेक उपाय अपनाउने गछैन् । चिसो पानी पिउनु देखि चिसो दहीको लस्सी पिउने सम्म ।

जसमध्ये तपाईँलाई पनि गर्मीको मौसममा गर्मीबाट बच्न लस्सी पिउन मन पर्छ होला । स्वादमा पनि उत्कृष्ट मानिने लस्सीका अनेक फाइदाहरु पनि छन् ।

नियमित लस्सीको प्रयोगले शरिरलाई गर्मीबाट बचाउन सकिन्छ । चीनी विनाको लस्सी पिउनुलाई अति फाइदाजनक मानिन्छ । तर, ग्यास्ट्रिकको समस्या हुनेले भने रातीको समयमा लस्सी पिउनु राम्रो मानिदैन । त्यति मात्र नभई मधुमेह रोगीले पनि लस्सी पिउनु हुँदैन ।

लस्सी क्याल्सियमका लागि उपयुक्त स्रोत भएकाले हाड र दाँतलाई बलियो बनाउन मद्दत गर्दछ । लस्सीले ब्लड सुगरलाई पनि सन्तुलन राख्न सहयोग पुर्याउँछ । गर्मीमा शरिरको तापक्रम कम गर्न लस्सी भन्दा राम्रो अर्को विकल्प अरु हुनसक्दैन ।

लस्सीमा प्रोटिनको मात्रा धेरै भएकाले शरिरको कोषतन्तुलाई कमजोर हुनबाट बचाउँछ भने उच्च रक्तचाप भएका बिरामीका लागि नमकिन लस्सी अर्थात् नुन राखेर पिउनु अति लाभदायक मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here