भोलिदेखि महिला बास्केटबल लिग

78

काठमाडौँ / प्ले फर डिप्राइभ्स चिल्ड्रेन पीडीसिएनले प्रथम पटक आयोजना गर्न लागेको महिला बास्केटबल लिग (डब्लुएनबीएल) भोलिदेखि काठमाडौँमा सुरु हुँदैछ।

आयोजक पीडीसिएनले शुक्रवार पत्रकार सम्मेलन गर्दै महिला बास्केटबल जेठ १८ देखि सुरु हुने जानकारी दिएको हो। पुरुषको लिग सञ्चालन गरिरहेको पीडीसिएनले महिला लिग गर्न लागको हो। ‘पहिलो पटक महिला लिग आयोजना गर्दै छौँ। पुरुषहरुको लिग राम्रो भइरहेको छ। महिलाहरुको लिग पनि राम्रो हुने अपेक्षा छ।’ पीडीसिएनका अध्यक्ष अरुण कार्कीले जानकारी दिए । लिगमा चार टिमले राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन्। यसअघि आयोजकले पाँच टिमले प्रतिस्पर्धा गर्ने जानकारी दिएपनि एक टिमले प्राविधिक कारण देखाउँदै नाम फिर्ता दिएको कार्कीले जनाए । महिला लिगमा विभागीय टोली नेपाल पुलिस, समृद्धि गोलिल्लाज, साइपाल एकेडेमी र आइएसओ काइट्सले प्रतिस्पर्धा गर्नेछन्। लिग पछि शीर्ष दुईमा रहने टिमले फाइनल खेल्ने कार्कीले जानकारी दिए । सहभागी टिमले १४ खेलाडी राखन पाउनेछन् जसमा एक टिमले ४ विदेशी खेलाडी राख्न पाउने र एक खेलमा २ विदेशी खेलाडी एकै पटक खेलाउन पाउनेछन्।

राष्ट्रिय टिमकी कप्तान तथा गोरिल्लासबाट खेल्ने सदिना श्रेष्ठले यस्तो लिगले महिला बास्केटबलको लागि धेरै सहयोग पुग्ने जनाइन् । उनले डेढ वर्षपछि राष्ट्रिय खेलाडीले केही समयअघि आठौं राष्ट्रिय खेलकुदमा खेलेको अनुभव सुनाउँदै राष्ट्रिय खेलाडीको लागि कुनै प्रतियोगिता नै नभएको जनाइन् । क्लबहरुले आयोजना गर्ने प्रतियोगितामा राष्ट्रिय खेलाडीले खेल्न नपाउने नियममा कारण महिला खेलाडीले प्ल्याटफर्म नपाएको अवस्थामा पीडीसिएनले आयोजना गर्न लागेको यस प्रतियोगिताले सबैलाई खेल्ने बाटो खोलेको जनाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here