काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पहिलो पटक कलेजो प्रत्यारोपण सफल भएको छ । डा रमेशसिंह भण्डारी नेतृत्वको टोलीले शुक्रबार कलेजोको सफल प्रत्यारोपण गरेको हो।
त्रिवि शिक्षण अस्पतालका अनुसार ५८ वर्षीय बुबालाई ३३ वर्षीय छोरीले कलेजो प्रदान गरेको हो ।
अस्पतालले १६ घन्टा लामो समय लगाएर कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ। शुक्रबार बिहान ८ बजेबाट सुरु भएको शल्यक्रिया शनिबार बिहान साढे १२ बजे सफल भएको थियो ।
कलेजो प्रत्यारोपणमा झण्डै ५० जना डाक्टर तथा नर्सको टोली सहभागी थियो । सहयोग गर्न भारतको एपोलो अस्पतालबाट पनि टोली आएको जनाइएको छ ।
यसअघि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण भएको थियो। तर, निरन्तरता दिन सकेको छैन।


















