काठमाडौं- अवैध विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्यानेडियन नागरिक पक्राउ परेकी छन्।
हङकङ जान लागेकी राहदानी नम्बर एसी ७५८६६२ वाहक ६९ वर्षीया क्यानडियन नागरिक व्भ्ब्ल्ल्क्ष्ब् ःभ् न्ब्ध् लाई अवैधरूपमा लुकाई छिपाई लैजान लागेको अमेरिकी डलर २० हजार ६ सय ३०, नेपाली १० हजार रुपैयाँ, हङकङ डलर १ हजार ४ सय २०, चाइनिज येन १ हजार ५० सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।
विमानस्थलको ह्याण्ड ब्यागेज एक्सरेमा जाँच गर्ने क्रममा ब्यागभित्र लुकाइ छिपाइ लैजान लागेको उक्त मुद्रासहित उनी पक्राउ परेकी हुन्। पक्राउ परेकी क्यानडियन नागरिकलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















