काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकल दाहालसँग पार्टी एकीकरणका क्रममा भएका सहमतिलाई लिएर अनावश्यक टिप्पणी र्ग आवश्यक नरहेको बताएका छन् । शुक्रबार दिल्लीबाट स्वदेश फर्किने क्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले सहमतिको विषय गत वर्ष भएकाले अहिले यसलाई बेलुन बनाएर फुकिरहन आवश्यक नरहेको बताएका हुन् । उनले गत वर्ष सार्वजनिक भइसकेको विषयलाई अहिले नै ठूलो समस्या आएजसरी उचालिएको बताएका छन् । उनले यो विषय जनता र कार्यकर्तामा सन्देश पैदा गर्न गरी चर्चा गर्नुपर्ने विषय नै नभएको बताएका छन् । उनले कतिपय व्यक्तिले देशको विकास र समृद्धितर्फ भन्दा पनि नराम्रो कुराको मात्र पछि लागेको भन्दै यसले आफूलाई आश्चर्य लागेको बताए ।
नेकपाका अर्का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री ओली र आफूबीच आलोपालो सत्ता चलाउने सहमति भएको भन्दै त्यो कुरा ओलीले पालना गर्ने बताएका थिए । त्यसपछि सरकार परिवर्तनको विषयले नेपालको राजनीतिमा बहसको रुप लिएको छ ।















