प्रचण्डले भने, गोप्य सहमतिलाई मिडियाले फरक ढंगले उचाल्यो

87

सुनसरी- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपा एमालेसँग पार्टी एकीकरणका बेला भएको गोप्य सहमतिलाई मिडियाले फरक ढंगले उचालेको आरोप लगाएका छन्।

किरात राइहरुको कार्यक्रममा सहभागी हुन पुगेका उनले सुनसरी जिल्लाभरीका अगुवा कार्यकर्तालाई धरानमा सम्बोधन गर्दै गोप्य सहमतिलाई मिडियाले फरक ढंगले उचालेपछि नेकपामा नयाँ तरंग फैलिएको उल्लेख गर्दै त्यसका पछि नलाग्न कार्यकर्तालाई आग्रहसमेत गरे।

अध्यक्ष प्रचण्डले पार्टीको विस्तृत कुरा बुझेर मात्रै धारणा बनाउन र जथाभावी नबोल्न कार्यकर्तालाई निर्देशन दिए। उनले दुई अध्यक्षबीचमा एउटै अध्यक्ष नै पनि ५ वर्षसम्मै प्रधानमन्त्री बन्नसक्ने जनाए। उनले पार्टी एकीकरणका बाँकी रहेको कामहरुलाई दुई दिनभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here