उडिरहेको विमानमा बम रहेको हल्ला भएपछि…

130

काठमाडौं- सिङ्गापुरमा उडिरहेको विमानमा बम रहेको हल्ला भएपछि यात्रुवाहक विमानलाई सकुशल अवतरण गरिएको छ । हल्ला चलेपछि सिङ्गापुर वायुसेनाले दुईवटा लडाकु जेट विमान पठाएर उडिरहेको विमानलाई सकुशल अवतरण गराएको हो ।

अवतरणपछि विमानमा कुनै विस्फोटक पदार्थ नभेटिएको अधिकारीहरुले जनाएका छन् । फिलिपिनसको सेबुबाट आइतबार उडेको स्कूट वायुसेनाको विमानमा १४४ यात्रु र ५ जना चालक दलका सदस्य सवार थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार विमानमा सवार एक १३ वर्षीय किशोरले सो हल्ला चलाएको जनाइएको छ । प्रहरीले किशोरलाई अनुसन्धानका लागि सोधपुछ गरिरहेका छन् ।

सिङ्गापुरको वायुसेवा स्कूटले द स्रेट्स टाइम्सलाई सो विमान स्थानीय समयअनुसार दिउँसो ४ः४९ बजे अवतरण गरेको र सबै यात्रु सकुशल रहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here