जुलिअन असान्जलाई गर्नुपर्ने माग स्वीडेनको अदालतद्वारा अस्वीकार

103

स्वीडेन / स्वीडेनको एउटा अदालतले जुलिअन असान्जलाई पक्राउ गर्न गरिएको अनुरोध अस्वीकार गरिदिएको छ । यो निर्णयसँगै विकिलिक्सका संस्थापकलाई ब्रिटेनबाट सुपुर्दगी गर्ने विषय थप जटिल बनेको छ ।

सन् २०१० मा लागेको बलात्कारसम्बन्धी अभियोगको छानबिनमा सहयोग नगरेका कारण उनीसँग थप सोधपुछ गर्न असान्जलाई पक्राउ गर्नुपर्ने माग अभियोजनकर्ताहरूको थियो । अभियोजनकर्ताहरूको पक्षमा निर्णय गरिएको भए बेलायतबाट असान्जलाई सुपुर्दगी गराउने प्रक्रिया अघि बढ्ने थियो

। तर स्वीडनका एक न्यायाधीशले असान्ज हाल बेलायतको हिरासतमा रहेको जनाउँदै उक्त प्रस्ताव अस्वीकार गरिदिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here