प्रहरी चौकी आक्रमणको हल्ला दमन गर्ने सरकारी षडयन्त्र

198

काठमाडौ, सोमबार दिनभरी सञ्चार माध्यमहरुमा विप्लव नेतृत्वको नेकपाले सोलुखुम्बुमा प्रहरी चौकी आक्रमणको प्रयास गरेको समाचारले प्राथमिकता पाए ।

कतिपयले विप्लवले आक्रमण गर्ने खबर पाएपछि ज्यान जोगाउन प्रहरी भागे भन्ने समाचार प्रकाशित गरे भने कतिपयले थप सुरक्षाका लागि नेपाली सेनासहितको टोली सोलुखुम्बु पुगेका समाचार समेत प्रकाशित गरे । सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रकाशित गरेको समाचारको भने विप्लव नेकपाले खण्डन गरेको छ । उक्त दलका प्रवक्ता खड्ग बहादुर विश्वकर्माले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै आइतबार सोलुखुम्बुमा पार्टीद्वारा प्रहरी चौकीमा आक्रमण प्रयास भएको भन्ने नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजीप्रति ध्यानाकर्षण भएको बताएका छन्।

सुरक्षा निकायप्रति आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको र त्यसप्रकारको कुनै घटना नभएको स्पष्ट पार्दै उनले पूर्वी नेपालमा दमन गर्ने सरकारी षड्यन्त्र अनुरूप त्यसप्रकारको त्यो समाचार (फेक न्युज) ल्याइएको जनाएका छन् । सरकारी अध्ययनले पनि समाचार माध्यममा दाबी गरिएजस्तो आक्रमण प्रयास भएको देखिएको छैन् । त्यस क्षेत्रमा विप्लवका गतिविधि बढेको भन्दै सुरक्षाकर्मीको परिचालन भने एक सातादेखि नै बढाइएको सुरक्षा निकायका अधिकारीहरुले बताउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here