२५ बैंक तथा वित्तीय संस्थाहरु मर्जर प्रक्रियामा

489

 काठमाडौं / बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा जाने क्रम बढ्दै गएको छ ।  यतिबेला वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुवित्त वित्तीय संस्था गरी कुल २५ संस्था मर्जर प्रक्रियामा छन् ।

नेपाल इन्भेस्टमेन्ट बैंकले जेबिल्स फाइनान्सलाई एक्विजिशन गर्ने निर्णय गरि प्रक्रिया अघि बढाइसकेको अवस्था छ । काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकले पनि एकआपसमा मर्जरमा जान विशेष साधारणसभा सम्पन्न गरिसकेका छन् ।

तिनाउ विकास बैंक र मिशन डेभलपमेन्ट बैंकले विशेष साधारणसभा गरि मर्जरमा जाने निर्णय पारित गरिसकेका छन् भने यी दुई कम्पनी मर्जरपछि बन्ने तिनाउ विकास बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई एक्विजिशन गर्ने भएको छ ।

मर्जरमा जान मिर्मिरे लघुवित्त, नागबेली लघुवित्त र किसान लघुवित्त संस्थाले पनि समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यी तीन कम्पनीको मर्जरपछि कम्पनीको नाम किसान लघुवित्त वित्तीय संस्था रहनेछ भने पूँजी रू। ३८ करोड ८६ लाख हुनेछ ।

त्यस्तै, ग्लोबल आईएमई बैंकले हाथवे फाइनान्सलाई गाभ्दैछ भने एनएमबि बैंकमा ओम डेभलपमेन्ट बैंक गाभिने भएको छ । शाइन रेसुंगा डेभलपमेन्ट बैंक भार्गव विकास बैंक र पूर्णिमा विकास बैंकलाई गाभेर राष्ट्रिय स्तरमा जाने तरखरमा छ ।

देवः विकास बैंक र वेष्टर्न डेभलपमेन्ट बैंक पनि मर्जरमा जाँदैछन् भने कालिका लघुवित्त र जनसेवी लघुवित्त पनि मर्जर हुँदैछन् ।

यसबाहेक, साधाना लघुवित्त र आर्थिक समृद्धि लघुवित्त एवम् वोमी लघुवित्त र नागरिक लघुवित्त मर्जरमा जान लागेका छन् ।

यसरी तीन वटा वाणिज्य बैंक, ११ वटा विकास बैंक, दुई वटा फाइनान्स र नौ वटा लघुवित्त वित्तीय संस्था मर्जर प्रक्रियामा गई ११ वटामा झर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here