दाङ / खानेपानी मन्त्री बिना मगरले मेलम्चिको पानी काठमाडौं ल्याउने कार्य अघि बढिरहेको जनाइन् ।
रिपोर्टस् क्लब दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको साक्षात्मकार कार्यक्रममा मन्त्री मगरले यस्तो जानकारी दिइन् ।‘ मेलम्चिको पानीको बिषयमा काठमाडौं मात्रै होईन्, देशभरमा चासो बढिरहेको छ ’ उनले भनिन्‘ मेलम्चिले खुट्टा टेकिसकेको छ, अबश्य पनि अघि बढ्नेछ ।’ रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री मगरले देशभर खानेपानीको समस्या रहेको भन्दै यो समस्यालाई समाधान गर्न मन्त्रालय लागिरहेको समेत सुनाइन् ।
मन्त्री मगरले दाङमा बबईको पानी लिफ्टिङ, पातुखोलामा हाईड्याम निर्माण गरेर दाङको खानेपानीको समस्या समाधान गर्न सकिने उनको धारणा थियो । ‘दाङको खानेपानी समस्या समाधान बैकल्पिक मार्गबाट गर्न सकिन्छ’ उनले भनिन् त्यसका लागि दाङका बबइको पानी लिफ्टिङ, पातुखोलामा हाईड्याम्प निर्माण गरेर यहाँको खानेपानीको समस्या समाधान गर्न सकिन्छ ।’
त्यस्तै केन्द्रीय बजेटमा दाङमा के–के योजनाहरु परे भन्ने कुरा रातो किताबमा आएपछि मात्रै थाहा हुने जनाइन् । सरकारले खानेपानीलाई मौलिक अधिकारमा राखेको भन्दै सबै नागरिकमा खानेपानीको पहुँच अभिबृद्धि गर्नका लागि बजेट पनि बर्षेनी बढ्दै गएको उनले उल्लेख गरिन् । अझै पनि नेपालका ८८ प्रतिशत नागरिक खानेपानीको पहुँचमा पुग्न नसकेको र २० प्रतिशत नागरिकले मात्रै प्रसोधित पानी पिउने गरेको भन्दै सन २०३० सम्म यो अबस्थालाई शून्यमा झार्नुपर्ने चुनौती आफुहरुकाबीचमा आएको समेत उनले जनाइन् ।
उनले खानेपानीका थुप्रै आयोजनाहरु भएपनि ति आयोजना सम्पन्न गर्न प्रयाप्त रकम नभएको समेत जनाइन् । देशभर ४२ हजार उपभोक्ता समितिहरु रहेको र ति उपभोक्ता समितिले सरकारको खानीपानी पु¥याउने लक्ष्यमा सहयोग पुगेको समेत उनको जनाइन् । सरकारले समितिका पदाधिकारीहरुलाई कुनै पनि सेवा सुविधा नदिएको भएपनि संस्थाहरुकै नेतृत्व चयनका लागि लाखौं रुपैँया खर्च गरेर चुनाब लड्ने प्रबृतिले बिकृति भने निम्त्याउने गरेको उनको धारणा थियो । कार्यक्रमको सहजीकरण महासचिब बिमल गौतमले गरेका थिए ।


















