एतिहासिक कथा वस्तुमा आधारित चलचित्र ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ यही असार १३बाट प्रदर्शनमा आउने भएको छ ।
प्रदीप खड्गीले निर्देशन गरेको चलचित्रमा तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको दौरानमा गरेको कीर्तिपुर आक्रमणको कथा समावेश गरिएको छ ।
चलचित्रमा रानी कृतिलक्ष्मीको यशका साथै साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित फोकस पिक्चर्सको ब्यानरमा ५ वर्षअघि देखि नै निर्माण थालिएको यो चलचित्र लामो समयको प्रतिक्षापछि दर्शकमाझ आउन लागेको हो । पुरानै जीवनशैली, भौतिक संरचना तथा परिवेश सन्तुलित गर्नको लागि निर्माण अवधि लामो हुन गएको निर्माण पक्ष को भनाइ रहेको छ ।
निर्देशकका अनुसार राजनीतिक अस्थिरताका कारण विगतमा गृह मन्त्रालयले प्रदर्शनको अनुमति नदिएको कारण पनि चलचित्र प्रदर्शनमा आउन समय लागेको हो । चलचित्रमा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डित लगायतका कलाकारहरुको अभिनय रहेको छ । विरेन्द्र ताम्राकार कार्यकारी निर्माता रहेको चलचित्र प्रेम खड्गी र अनन्त श्रेष्ठले मिलेर निर्माण गरेका हुन् ।यसैगरी शंकर महर्जन र नविन जोशीले चलचित्रको छायांकन गरेका हुन् ।


















