अख्तियारदेखि महालेखासम्मका प्रमुख नै लिन्छन् दोहोरो सुविधा, सुशासनको जिम्मा कसले लिने ?

229

काठमाडौं- पियनको पेन्सन खाने सर्वसाधारणको वृद्धभत्ता रोकिन्छ, तर संवैधानिक आयोगका पदाधिकारीले कुन नैतिकतामा दोहोरो सुविधा लिन्छन् ?

संविधान भन्छ– उच्च नैतिक चरित्र भएका व्यक्ति संवैधानिक निकायको पदाधिकारी बन्न सक्नेछन् ।

स्वच्छ छवि र उच्च नैतिकता भएका व्यक्तिहरू नै संवैधानिक निकायको पदाधिकारी बन्ने अपेक्षा संविधानले गरेको छ । त्यही संविधानअन्तर्गत नियुक्त भएका पदाधिकारीहरूले तलब र पेन्सनमा दोहोरो सुविधा लिइरहेका छन् ।

नवीनकुमार घिमिरे: भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने मुख्य जिम्मेवारीमा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेले समेत राज्यबाट दोहोरो सुविधा लिएका छन् । घिमिरे नेपाल सरकारका पूर्वसचिव हुन् । उनले अवकाशप्राप्त कर्मचारीका रूपमा मासिक ३७ हजार ५ सय २१ रुपैयाँ पेन्सन लिँदै आएका छन् । घिमिरेले यसअघि आयुक्त हुँदादेखि नै नियमित रुपमा पेन्सन सुविधा लिदै आएका भेटिएको हो ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखको हैसियतमा राज्यबाट प्राप्त सुविधा पनि नियमित रुपमा लिदै आएका छन् । विवाद भएपछि बीचमा एक वर्ष पेन्सन नलिएको तर सर्वोच्चले लिन मिल्छ भनेकोले रोकिएको पेन्सन पनि एकमुष्ठ लिएको उनले जनाए । नयाँ पत्रिका दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here