रक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न

167

काठमाडौं  / विजयपुर व्यारेक पोखरामा गण्डकी प्रदेशका विभिन्न मिडिया हाउसमा कार्यरत रक्षा संवादाताहरुलाई समावेश गरी कात्तिक १७ गतेदेखि  सञ्चािलन भएको रक्षा अभिमुखिकरण कार्यक्रमको बिहीबार सम्पन्न भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली सेना सम्बन्धी जानकारीमूलक कक्षा संचालन गरी आधारभूत ज्ञान दिलाउने उद्देश्यका साथ सञ्चालन भएको उक्त कार्यक्रमको समापन पश्चिम पृतना हे.क्वा.का पृतनापति उपरथी गोकुल भण्डारीले एक कार्यक्रम बीच गरेका हुन् ।

गण्डकी प्रदेशका १० जिल्लाका विभिन्न मिडिया हाउसमा कार्यरत २० जना रक्षा संवाददाताहरुको सहभागिता रहेको पाँच दिने कार्यक्रममा नेपाली सेनाको सांगठनिक संरचना तथा विभिन्न विभागहरुको जिम्मेवारी, विविध गतिविधिहरु, अन्तरक्रिया लगायत नेपाली सेनाको विभिन्न युनिटहरुको स्थलगत भ्रमण समावेश गरिएको जनाइएको छ ।

नेपाली सेनाले प्रत्येक वर्ष केन्द्रिय तथा सबै पृतना स्तरमा १५ देखि २० जनासम्म सञ्चारकर्मीहरुलाई समावेश गरी अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्दै आइरहेको निर्देशनालयले जनाएको छ । यस प्रकारको कार्यक्रमले संवाददाताहरुलाई नेपाली सेना सम्बन्धी समाचार संकलन तथा सम्प्रेषणमा थप सहज तथा स्पष्टता प्रदान गर्ने विश्वार लिइएको नेपाली सेनाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here