काठमाडौं- पत्रकारविरुद्ध अपशब्द बोलेको आरोपमा पक्राउ परेका ज्ञानेन्द्र शाही रिहा भएका छन्।
बन्दी प्रत्यक्षिकरनको मुद्दा अन्तरगत सर्बोच्च अदालतले उनलाई रिहाई गर्न आदेश दिएको डा सुरेन्द्र भण्डारीले जानकारी दिएका छन्।
भ्रष्टाचारविरुद्धको अभियन्ता भन्दै सार्वजनिक रुपमा गालीगलौच गर्दै पत्रकारविरुद्ध अपशब्द प्रयोग गरेर गाली गरेको आरोपमा उनलाई प्रहरीले सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ गरेको थियो।


















