वाइडबडी प्रकरण : पत्रकारलाई बाहिर निकालेर वाइडबडी भ्रष्टाचारबारे संसदीय समितिमा छलफल

138

काठमाडौं / नेपाल वायु सेवा निगमले ल्याएका दुई वाइडबडी जहाजमा भएको भनिएको भ्रष्टाचारबारेको प्रतिवेदनमाथि संसदीय समितिले पत्रकारलाई बाहिर निकालेर गोप्य रुपमा छलफल गरेको छ ।

दुई वाइडबडी जहाजमा भएको भ्रष्टाचारबारे सांसद दीपकप्रकाश भट्टको संयोजकत्वमा गठित उपसमितिले तयार पारेको प्रवितेदनमाथि छलफल गर्ने क्रममा शुक्रबार सभापति पार्वती खरेलले पत्रकारलाई समिति बैठकमा निषेध गरिएको छ ।

उपसमितिले प्रतिवेदन तयार पारेको दुई महिनाभन्दा बढी भए पनि अहिलेसम्म गोप्य राख्दै आएको छ। यसअघि संसदकै लेखा समितिले विमान खरिदबारे छानबिन गरेर चार अर्ब ३५ करोड घोटाला भएको निष्कर्ष निकालेको थियो । लेखाको निर्देशनअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिद प्रक्रियाबारे छानबिन गरिरहेको छ ।

उपसमितिको प्रतिवेदनबारे आजै निचोड निकाल्ने भन्दै मर्यादापालक लगाएर पत्रकारहरुलाई बैठकस्थलबाट बाहिर निकालिएको छ।

सांसद दीपक प्रकाश भट्टको संयोजकतत्वमा गत मंसिरमा गठित उपसमितिले बुधबार बसेको समितिको बैठकमा सभापति पवित्र निरौला खरेललाई गत वैशाखमा प्रतिवेदन बुझाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here