नेवाः देय् दबूको केन्द्रीय अध्यक्षमा पवित्र बज्राचार्य विजयी

238
धरान । नेवार समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबूको केन्द्रीय अध्यक्ष पदमा काठमाडौँका पवित्र बज्राचार्य विजयी भएका छन् । चैत्र १४ र १५ गते सुनसरीको धरानमा सम्पन्न दबूको सातौं महाधिवेशनमा भएको निर्वाचनमा बज्राचार्यलाई अत्यधिक मतका साथ अध्यक्षमा छानिएको हो ।
बुधबार विहान मात्र सम्पन्न भएको मतगणनामा बज्राचार्य ३१३ मत पाई अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी भक्तपुरका माइलाबाबु द्यःलाले ६७ मत मात्र प्राप्त गरे ।
नवनिर्वाचित अध्यक्ष बज्राचार्यले सन्चार सन्देशसँग कुरा गर्दै आफूले गरेका प्रतिवद्धता अनुसार यस राष्ट्रिय नेवाः संगठनलाई सहि अर्थमा नेवाःहरुको राष्ट्रिय संगठन बनाएर समेटने योजनालाई यथाशिघ्र अगाडी बढाउने बताए ।
‘मैले देशभरिका नेवाःहरुलाई नेवाः लिपिको साथसाथै नेपालभाषामा बोल्ने, पढ्ने, लेख्ने क्षमताको विकास गराउने, नेवाः संस्कार, संस्कृति र सम्पदाको संरक्षण गर्नेलगायतका प्रतिवद्धता गरेको थिएँ । सोही अनुसार सबैलाई साथमा लिएर अघि बढ्छु’ बज्राचार्यले भने ।
देय् दबूको आफ्नै भवन नभएको अवस्थामा आफ्नै भवन स्थापना गर्न पनि योजना बनाएर अघि बढ्ने बज्राचार्यको भनाई हो ।
देय् दबूको महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा चितवनका चन्द्रलाल राजभण्डारीलाई चुनेको छ भने महिला उपाध्यक्षमा भक्तपुरकी रश्मिला प्रजापति चुनिएकि छन् । उपत्यका विशेष प्रदेशबाट काठमाडाैँकाे उमेश स्थापित उपाध्यक्ष र बागमति प्रदेशबाट दाेलखाकाे शान्त श्रेष्ठ निर्विरोध चुनिए ।
महासचिवमा काठमाडाैँकाे सत्यनारायण डंगोल र सचिव पदमा मचाबाबु महर्जन निर्विरोध निर्वाचित भए । कोषाध्यक्षको जिम्मेवारी निरन्जन रत्न शाक्यले पाएका छन् । सात प्रदेश , उपत्यका विशेष समिति सदस्य र महिला सदस्य सवै ७ जना निर्विरोध निर्वाचित भएका थिए भने खुल्ला सदस्य १० पदमा निर्वाचन भएकोमा अनिल श्रेष्ठ लेकाली (२३२) , उपेन्द्र प्रधान (२३२) , दक्ष नारायण श्रेष्ठ (२२८) लगायत निर्वाचित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here