सेयर बजार २३.९५ अंकले घट्यो

90

काठमाडौं । साप्ताहिक कारोबारको अन्तिम दिन आज (बिहीबार) सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। बिहीबार सेयर बजार परिसूचक (नेप्से) २३.९५ अंकले घटेर २५४४.३० विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ४.६० अंकले घटेर ४७५.४७ विन्दुमा पुगेको छ।

बिहीबार व्यापार बाहेक सेयर बजारका सबै समूहको उपसूचक ओरालो लाग्यो। सबैभन्दा धेरै फाइनान्स समूहको उपसूचक २.७६ प्रतिशतले ओरालो लाग्यो। व्यापार समूहको उपसूचक भने ०.७१ प्रतिशतले बढ्यो। बिहीबार इमर्जिङ नेपाल, राष्ट्रउत्थान लघुवित्त र नेस्डो लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।

नारायणी डेभलपमेन्ट र युनाइटेड मोदीको मूल्य साढे ४ प्रतिशत बढी घट्यो। कारोबार रकमका आधारमा इमर्जिङ नेपाल, एभरेष्ट इन्स्योरेन्स, नागरिक लगानी कोष, नबिल बैंक र युनियन लाइफ क्रमश: सबैभन्दा अगाडि रहे। बिहीबार समग्र बजारमा १ अर्ब ८९ करोड १ लाख ६४ हजार रुपैयाँको कारोबार भयो। बिहीबार कूल ३७ हजार ४२९ करोबार हुँदा ३७ लाख ८७ हजार ४५ कित्ता सेयर किनबेच भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here