काठमाडौं । अभिनेत्री मनिषा कोइरालालाई बेलायतको ब्राडफोर्ड विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ । मनिषाले सामाजिक संजालबाट यसबारे जानकारी दिएकी छन् ।
उक्त सम्मान ग्रहण गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै मनिषाले लेखेकी छिन्, ‘म यहाँ परम्परागत शैक्षिक बाटो भएर होइन, जीवनमा कडा परिश्रम, असफलता, धैर्यता र सेवाबाट सिक्दै आएको व्यक्तिको रूपमा उभिएकी छु । यो सम्मान मेरो लागि शब्दमा व्यक्त गर्न सकिनेभन्दा बढी अर्थपूर्ण छ । मेरो जीवनको कथालाई महत्वपूर्ण बुझिदिनु भएकोमा यूनिभर्सिटि अफ ब्राडफोर्डलाई धन्यवाद ।’
‘कुनै पनि सपना धेरै ठूलो वा सानो हुँदैन । तपाईंले जे रोज्नुहुन्छ, त्यो पूरा हृदयले गर्नुहोस्’ मनीषाको भिडियो सेयर गर्दे विश्वविद्यालयले इन्स्टाग्राम पृष्ठमा भनेको छ ।

















