एक हजार दरको नोट छापिँदै

21

काठमाडौं । सरकारले एक हजार रुपैयाँ दरको नयाँ नोट छाप्ने भएको छ।

नवनियुक्त गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षर रहेको नयाँ नोट छपाइका लागि हालै बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको हो।

अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले गरेको निर्णयमा भनिएको छ, ‘नेपाल राष्ट्र बैंकबाट एक हजार रुपैयाँ दरको नयाँ बैंक नोट प्रकाशित गर्न बैंक नोटको चित्र र आकार स्वीकृत गरियो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here