मोडलिङमा जम्दै ऋषि धमला (भिडियो)

378

काठमाडौं- चर्चित पत्रकार ऋषि धमला मोडलिङतर्फ पनि सक्रिय बन्दै गएका छन् ।नोरेन श्रेष्ठको शब्द र संगीतमा तयार आमा बाबा बोलको गीतमा धमला पिताको भूमिकामा देखिएका हुन् ।

भिडियोमा ऋषिसँगै कविता आले आमाको भूमिकामा र युडी गुप्ता छोराको भूमिकामा देखिएका छन् । विदेशमा काम गर्न गएर ज्यान गुमाउने नेपाली युवाको कथावस्तुलाई समेटेर यो गीत तयार पारिएको छ । गीतमा जोया श्रेष्ठको शब्द रहेको छ ।

धमलाले मोडलिङ गरेको यो पहिलो पटक होइन । यसअघि उनकै विषयमा बनेको गीतमा पनि धमलाले मोडलिङ गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here