नेता सिंह भन्छन्: इतिहास भजाएर मात्र जनताले विश्वास गर्दैनन्

106

सुर्खेत- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इतिहास भजाएर मात्रै कांग्रेसलाई अब जनताले विश्वास नगर्ने जनाएका छन् ।

‘कांग्रेसले आफूलाई विधिअनुसार नचलाएमा, नयाँ संरचनामा नलगेमा र आन्तरिक कलह समाप्त नपारेसम्म जनताको मन जित्न सम्भव छैन्’, उनले भने, ‘इतिहासलाई भजाएर मात्रै हुँदैन, हामी आफू पनि सच्चिन तयार हुनुपर्छ ।’

वीरेन्द्रनगरमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीभित्र सुधार गरेर विधिबमोजिम सञ्चालन गरिएमात्र कांग्रेस एक ढिक्का हुने जनाए । कांग्रेसले नै संविधान जारी गर्दा नेतृत्वदायी भूमिका निर्वाह गरेकाले त्यसको पालना र रक्षा गर्ने प्रमुख दायित्व पनि कांग्रेसकै भएको उनको भनाइ थियो ।

प्रदेशका मुख्यमन्त्रीले नै काम गर्ने वातावरण नभएको भनी गरेका टिप्पणीले वर्तमान सरकार संविधान कार्यान्वयनको पक्षमा नरहेको प्रष्ट भएको नेता सिंहले आरोप लगाए ।

उनले गाउँ जागरण अभियानका क्रममा कार्यकर्ताले पार्टीभित्र संस्थागत सुधार गर्नुपर्ने, आन्तरिक कलह मेटाउनुपर्ने जस्ता सुझाव आएको हुँदा नेतृत्वतह सजक हुनुपर्ने धारणा व्यक्त गरे ।

कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टी केन्द्रीय सदस्य हृदयराम थानी, खड्गबहादुर बस्याल, जिल्ला सभापति कमलराज रेग्मी लगायतले बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here