क्षयरोग निवारण गर्न सरकार प्रतिवद्ध छः उपप्रधानमन्त्री यादव

241

काठमाडौं- उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले क्षयरोग नियन्त्रणका लागि सरकार केन्द्रित भएको जनाएका छन् । उपप्रधानमन्त्री यादवले भौगोलिक जटिलता र आर्थिक अभावका कारण चुनौतिको रुपमा देखिएको क्षयरोग नियन्त्रणका लागि प्रदेश र स्थानीय तहसँग आवश्यक समन्वय गरेर अघि बढने योजना पनि अघि सारे ।

आईतबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय क्षयरोग कार्यक्रम’ सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले क्षयरोग नियन्त्रणका लागि अन्तराष्ट्रिय समूदायले नेपालमा पु¥याउँदै आएको सहयोगको पनि खुलेर प्रशंसा गरे । उपप्रधानमन्त्री यादवले सरकारले क्षयरोगको नियन्त्रणका लागि विकट क्षेत्रमा पनि जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउने गरी आवश्यक रणनीति तय गर्न लागेको जानकारी दिए ।

उपप्रधानमन्त्री यादवले क्षयरोग निवारणका लागि सरकार प्रतिवद्ध भएर लागि परेको पनि बताए । नेपालले सन् २०३५ भित्र क्षयरोग नियन्त्रण गर्ने प्रतिवद्धता विश्व स्वास्थ्य संगठनमा जनाई सकेको छ । सो प्रतिवद्धता पूरा गर्न सरकारले आवश्यक संस्थागत संरचनाको विकास गरिरहेको उपप्रधानमन्त्री यादवको दावी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here