विराटनगर- धर्मगुरु श्रीनिवास आचार्यमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका दुई जनाले सफाइ पाएका छन् । जिल्ला अदालत मोरङले माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई सफाइ दिएको हो ।
२५ चैत २०७४ मा आचार्यमाथि विराटनगर १४ जतुवामा गोली प्रहार भएको थियो । हिन्दु राष्ट्र निर्माणका लागि आन्दोलन चर्काउन भन्दै आचार्यले आफैलाई गोली हान्न लगाएको बयान दुबैले दिएका थिए । प्रहरीका अनुसार २९ वर्षीय चौधरीले गोली हानेका थिए भने हतियार व्यवस्थापन लक्ष्मीराज अधिकारीले गरेका थिए ।
उक्त घटनाको विरोधमा देशका कैयौँ ठाउमा प्रदर्शन पनि भएका थिए।दाहिने छातीमा गोली लागेका आाचार्य करिब तीन साताको उपचारपछि केही दिनअघि अस्पतालबाट डिस्चार्ज भएका थिए। पक्राउ परेका आचार्यमाथि छानबिन थालिएको प्रहरीले जनाएको छ।बाराको सिमरा घर भएका आचार्य सुनसरीको बराह नगरपालिकास्थित एक आश्रममा बस्दै आएका थिए।


















