बलिउड गायिका कक्करको कार्यक्रम विवादमा, तीन जना पक्राउ

81

काठमाडौं- भारतीय गायिका नेहा कक्करको ठमेलको लाइट क्लब एलओडी (लर्ड अफ डिस्को)मा गएराति आयोजित सांगीतिक कार्यक्रम विवादमा तानिएको छ ।

आयोजकले क्लबको क्षमताभन्दा बढी टिकट बिक्री गरेपछि कार्यक्रम विवादित बनेको हो ।

कक्करको कार्यक्रम हेर्न पुगेका सयौं दर्शक क्लब बाहिरै बस्नु परेपछि उनीहरुले प्रहरी गुहारेका थिए । कार्यक्रम हेर्न पुगेका दर्शक अलपत्र परेपछि काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले आयोजक संस्थाका दीपक घिमिरे, रविन श्रेष्ठ र अर्का एक जनालाई पक्राउ गरेको छ ।

परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पीडितले टिकट बराबरको रकम फिर्ता पाउनु पर्ने माग गरेका छन् । सञ्चालकसँग र पीडक पक्षबीच टिकट बराबरको पैसा फिर्ता गराउने बारे छलफल भइरहेको छ ।

छलफलबाट निकास ननिस्किए मुलुकी अपराध संहिताको ठगी कसुर अन्तर्रगत पक्राउ परेकामाथि कारबाही हुनेछ ।

घटनामा क्लबका सञ्चालकसमेत पक्राउ परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here