काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले गुठी विधेयकको बिरोध प्रर्दशनमाथि सामान्य बल प्रयोग भएको स्वीकार गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा काँग्रेस सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री थापाले आइतबार माइतीघर मण्डलामा गुठियारहरुले गरेको प्रदर्शनमा पानीको फोहोरासहित प्रहरीले सामान्य बल प्रयोग गरेको उनले जनाए । उनले यसमा सरकारले नैतिक जिम्मेवारी लिने जनाउँदै प्रर्दशनकारीहरुबाट पनि बल प्रयोग हुँदा प्रहरीहरु घाइते भएको उल्लेख गरे ।
गुठी विधेयकको विरोधमा आइतबार काठमाडौंको माइतिघर मण्डलामा गुठियारहरुले प्रर्दशन गर्दा प्रहरीले दमन गरेको थियो । संसद बैठकका बोल्दै गृहमन्त्री थापाले भने– ‘शान्तिपूर्ण रुपमा विरोध प्रर्दशन गर्न पाइन्छ, तर सुरक्षाकर्मीलाई ढुङ्गा, इटाले हान्ने, उनीहरुको मुखलाई क्षत विच्छेद गर्ने लोकतान्त्रिक अधिकार होइन । केही प्रहरीहरुले अभद्र व्यवहार गरेको भन्ने कुरा पनि आएको छ, निश्चय पनि त्यसमा राज्यले छानविन गरिरहेको छ ।’ उनले दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
मंगलबारको बैठक सुरु भएलगतै नेपाली काँग्रेसका सांसदहरु बैठकमा उभिएपछि सभामुख कृष्णबहादुर महाराले कांग्रेसका सांसदहरुलाई बोल्न समय दिएका थिए । बैठकको सुरुवातमा कांग्रेस सांसद राजेन्द्र केसीले सरकारले गुठी सम्बन्धी बिधेयक ल्याएपछि काठमाडौं र मुलुकभर रहेका गुठियारहरु आतंकित भएको जनाए ।
उनले भने–‘पिता पूर्खाले कुनै एक धर्ममा अटल विस्वास राख्दै पूर्खाले राखिदिएको गुठीलाई आज समाप्त पार्ने खेल भएको छ । यो कुनै हालतमा स्वीर्काय हुँदैन । काठमाडौंलाई सिटी अफ फेस्टिभल पनि भनिन्छ, यो मन्दिरै मन्दिरको शहर हो । यो चाडपर्व र जात्राको शहर पनि हो । यो हाम्रो पहिचान पनि हो । त्यो समाप्त हुने खेल भइरहेको छ । यो राजधानीवासीलाई कुनै हालतमा पनि स्वीर्काय हुनेछैन ।’ आफ्नो परम्परा जोगाउछु भनेर माइतिघर मण्डलामा शान्तिपूर्ण आएका गुठियारलाई निर्मम यातना दिएको उनले जनाए । उनले यसबारेमा तत्काल छानविन समिति बनाउन आग्रह गरे ।
गृहमन्त्रीले जवाफ दिएपछि पुन कांग्रेसका सांसदहरुले शान्तिपूर्ण प्रर्दशनका क्रममा गिरफ्तार भएकालाई लात्तै लात्तैले हानिएको भन्दै त्यसको सरकारले जिम्मेवारी लिनुपर्ने जनाए । यस्तै सत्तापक्ष सांसद राजेन्द्र श्रेष्ठले १ घण्टाको धर्ना सकिन ५ मिनेट बाँकी रहँदा अमानवीय ढंगले आक्रमण गरिएको, जेष्ठ नागरिकलाई घाइते हुने गरी हानिएको जनाए ।
सांसदहरुको जवाफ दिंदै गृहमन्त्री रामबहादुर थापाले सो घटनाबारे सरकारले नैतिक जिम्मेवारी लिने जनाए । उनले भने–‘त्यहाँ जे जस्तो घटना भएको छ त्यसमा सरकारले छानविन गरिरहेको छ ।


















