कैलाली / प्रभु बैंक लिमिटेडले कैलाली गोदावरी न.पा. वडा नं।१ स्थित अत्तरियामा शाखा कार्यालय संचालनमा भएको छ ।
शाखाको उद्घाटन गर्दै गोदावरी न.पा.का नगर प्रमुख हरि सिंह साउदले बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस अत्तरिया शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको जानकारी दियो ।
बैंकको अत्तरिया शाखा कार्यालयबाट उक्त क्षेत्रका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकको छ ।


















