पाँच वर्षभित्र विश्वको आधा जनसंख्या पहुँचमा फाइभ–जी सेवा पुग्ने

433

एजेन्सी / स्वीडेनको बहुराष्ट्रिय प्रविधि कम्पनी इरिक्सनले आगामी पाँच वर्षभित्र विश्वको आधा जनसंख्याको पहुँचमा फाइभ–जी प्रविधि पुग्ने जनाएको छ ।

प्रारम्भिक समयमै तीव्र गतिमा यो प्रविधि फैलनु र प्रयोगकर्ताको उत्साहका कारण फाइभ–जी प्रविधि चाँडौ विश्वमा पुग्ने इरिक्सनको विश्लेषण छ। मंगलबार एक प्रतिवेदन सार्वजनिक गर्दै इरिक्सनले भनेको छ, ‘सन् २०२४ सम्म ४५ प्रतिशत जनसंख्याले फाइभ–जी प्रविधि प्रयोग गरिसक्नेछन्।’

फाइभ–जी अत्याधुनिक प्रविधि हो। यसबाट तीव्र क्षमताको इन्टरनेट सुविधा, आर्टिफिसियल इन्टलिजेन्सको सुविधा प्राप्त हुनेछ। विश्वमा यतिबेला फाइभ–जी प्रतिस्पर्धा चलिरहेको छ। वेलायतका सीमित स्थानमा फाइभ–जी सेवा सुरु भइसके पनि यसले व्यावसायिक रुप लिन सकेको छैन। अमेरिका र दक्षिण कोरियाका स्थानीय क्षेत्रमा पनि फाइभ–जी सुचारु भइसकेको छ। चीनले यसै महिनाबाट फाइभ–जी लाइसेन्स वितरण गर्न थालिसकेको छ। चीनको हुवावे लगायतका प्रविधि कम्पनी फाइभ–जी लन्च गर्ने अन्तिम तयारीमा पुगेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here