प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न

45

कम्पनीका अध्यक्ष पियुष राज अर्यालको अध्यक्षतामा अग्रवाल सेवा केन्द्र, कमलपोखरी, काठमाडौंमा सम्पन्न भएको हो ।

सो सभाले प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबीच एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी प्रस्ताव पारित पारित गरेको छ ।

साथै तीन जीवन बीमा कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम “हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड” कायम गरी सो नामबाट जीवन बीमा व्यवसाय संचालन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफबीच एक आपसमा गाभ्ने।गाभिने प्रयोजनको लागि मुल्यांकनकर्ता सुबोध एण्ड एशोसिएट्स, चार्टड एकाउण्टेन्टसद्वारा तयार गरिएको तीन कम्पनीको चल–अचल सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध ब्यवस्था समेतका आधारमा निर्धारण गरिएको आधारमा प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफको (तीनै कम्पनीको शेयर अनुपात क्रमशः १स्१स्१ कायम गरी गाभ्नेरगाभिने (मर्जर) कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै तीन जीवना बीमा कम्पनीबीच एक आपसमा गाभ्ने।गाभिने (मर्जर) सम्बन्धी कार्यको लागि गरिएको अन्तिम संझौतापत्र, सहमतीपत्र तथा अन्य भए गरेका मर्जर सम्बद्ध संझौताहरुको अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here